दीपक विहीन न बिर्से तिमीलाई न पाएँ तिमीलाई विनाअर्थ दीलमा सजाएँ तिमीलाई उदृत गजल पङ्तीसँगै चर्चाको चुलीमा छिन्-'भर्सटाइल' गायिका अन्जु पन्त । यद्यपि, अन्जुका अनगिन्ती गीतहरू चर्चामा थिए र छन् । तै पनि अन्जुलाई सर्वाधिक चर्चामा भने यही गीतले ल्यायो । बढी त उनी चलचित्रमा जमेकी छन्, 'प्लेब्याक सिङ्गर'का रूपमा । सागरसरी चोखो माया तिमीलाई दिउँला...(सिलसिला), गोरी भनेनी भन, काली भनेनी भन...(मौसम), भुनभुन बोली भमराको...(सपुत), म तिमीविना मरिहाल्छु..., माया गर मायालुले...(घायल), ए है म तिमीलाई हेरिहेरि रहुँ...(खलनायक), ओय ओय पि्रयतम....(मिस्टर डन), यही त माया...(डन द अण्डरवल्र्ड), गयो गयो मन मन छलीछली मन गइगयो...(सुन्दर मेरो नाम), ऐना मात्र हेरुँ लाग्छ...(युद्ध), कहाँ भेटिएला..., हाम्रो मिलन कहिले हुन्छ...जस्ता दर्जनौं गीतहरू अन्जुको स्वरले कर्णपि्रय छन् । बनिरहेका चलचित्रमा उनको स्वर अनिवार्यजस्तै बन्ने गरेका छन् । म्युजिसियन स्टुडियोमा 'सडक' चलचित्रको गीत रेकर्ड गर्दैगर्दा भेट भएकी अन्जुसँग व्यस्तता थियो । आम्दानीको थोरै आत्म...