Posts

Showing posts from September, 2023

दुम्जामा राेपाइँ जात्रा सम्पन्न

Image
 सिन्धुली जिल्लाकाे सुनकाेशी गाउँपालिका १ काे सिमलचाैर नेवारकाे पुरानाे वस्तीका रुपमा लिइन्छ । शताब्दीअघिकाे समयमा दुम्जाकाे नेपालथाेकदेखि कुशेश्वर महादेव मन्दिरसम्म ब्यापार चल्दथ्याे । साे बजारमा दुम्जामा बुनिएकाे खाँडीकाे चर्चा धेर हुन्थ्याे । ठाेसेकाे फलाम, ठिमीका भाँडालगायत ठूलाे बजार लाग्ने गर्दथ्याे । भक्तपुर, बनेपा, धुलिखेल, पाटनजस्ता ठाउँबाट पसल थाप्नका लागि ब्यापारी पुग्दथे । मङ्गसिरमा फाँटमा धान काटिएपछि खाली खेतमा स्याला मान्द्राले बारेर बजार राखिन्थे । दुम्जाकाे बजारका नामले परिचित यी पसल चैत बैशाखसम्म थापिने गरिएकाे बुढापाकाहरु बताउँछन् ।  प्रसङ्ग नेवार समुदाय र जात्रा पर्वकाे हाे । ब्यापारका सिलसिलामा दुम्जा पुगेका भक्तपुरका नेवार समुदायनै स्थायी रुपमा सिमलचाैरमा बसाेबास थालेका थिए । उनीहरुले जात्राकाे प्रचलन दुम्जामा चलाएका थिए । श्री ५ पृथ्वी विरविक्रम शाहका बुबुधाइ जनककुमारी काेइरालाले दुम्जाकाे सिमलचाैरमा दरबार बनाइ बिर्ता लिए । धाइआमा जनककुमारीले समेत सिमलचाैरका नेवार समुदायकाे जात्रा पर्वलाइ व्यवस्थित बनाउन सहयाेग गरेकाे पाइन्छ । उनले रातिकाे समयमा जात्रा प...

माले पाटीको फेरियो रुप

Image
    तस्वीरः मनाेज श्रेष्ठ/मूल्काेट सिन्धुली जिल्लाको सुनकोशी गढतिरमा पुरातात्विक तथा ऐतिहासिक महत्वका दर्जनौँ पाटी, पौवा, धर्मशाला र सत्तल रहेका छन् । संरक्षणका अभावका कतिपयको अस्तित्वसमेत लोप भइसकेको अवस्था छ । तथापि, केही सम्पदाको संरक्षणको प्रयास भएको छ । यस्तै भग्नावशेषका रुपमा रहेको शताब्दी पुरानो पाटीको संरक्षण गरिएको छ । पुरातत्व विभागको पहलमा यो संरक्षण भएको हो । सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर ५ चैनपुरस्थित पाटी विव्रmम सम्वत् १८५० तिर सरदार अरिमर्दन थापाले बनाउन लगाएका हुन् । दुई तले यो पाटी कालीगढीयुक्त समेत रहेको छ । यो माले पाटीका रुपमा चर्चित रहेको छ । किंवदन्तीअनुसार अन्य यस्तै पाटी फेरि बनाउन नसकोस् भनेर यो पाटी बनाउने कालीगढीको हात काटिएको थियो । मगर भाषामा ‘छैन’ भन्नका लागि ‘माले’ भन्ने शब्द प्रयोग गरिन्छ । यो क्षेत्रमा मगर समुदायको समेत बसोबास रहेकाले यस पाटीलाई मगर समुदायले मालेपाटी भन्न थालेको भनाई पाइन्छ ।  यो पाटीको पुरानो अवस्था तोरण, थामहरु, आँखीझ्यालहरु, ढोकाहरु, टुँडालहरु, तेलीया इँटा, साधारण इँटा, काठ, माटो, ढुङ्गाबाट बनाइएको २५ फि...

गाइजात्रे प्रस्तुतिः पुस्तासँगै फेरिए प्लेटफर्म

Image
टाढा टाढा एउटा गाउँमा बाजे बराजु मरेकै ठाउँमा म पनि अचानक अस्ति खसेको छु त्यसैले आफू आफ्नै किरिया बसेको छु । विसङ्गतिमाथिको व्यङ्ग्य कति निर्मम हुन्छ भन्ने त माथिका यिनै हरफ नै काफी छन् । गोकर्णको भिरबाट हामफाल्ने बेलामा हास्यव्यङ्ग्यकार भैरव अर्यालले सुसाइड नोटमा यिनै कविता छाड्नुभएको थियो । एक जना सर्जकले मर्दामर्दै आफैँमाथि कति निर्मम ढङ्गले चित्रण, प्रहार र व्यङ्ग्य गर्न सक्छन् भन्ने यो एउटा उदाहरण हो । नेपाली समाजले आफ्ना दैनिकी र संस्कृतिमा हास्यव्यङ्ग्य विधालाई काफी समेटेको पाइन्छ । नेपाली साहित्यका विविध विधामा हास्यव्यङ्ग्यको प्रयोग प्रशस्तै पाइन्छ । साहित्यकारले कुनै न कुनै रूपमा हास्यव्यङ्ग्य विधालाई अपनाएको देखिन्छ । आदिकवि भानुभक्त आचार्यअघिका कवि शक्तिबल्लभले ‘हास्य कदम्ब’ लेखेपछि नेपाली भाषाको साहित्यमा व्यङ्ग्य प्रयोग सुरु भएको मानिन्छ । इतिहासकार ग्रीष्मबहादुर देवकोटाको ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’मा उल्लेख भए अनुसार बनारसबाट भारत जीवन प्रेसमा छापी सन् १८९५ मा प्रकाशित भएको मूल्य तीन आना पर्ने ‘गोर्खा हास्य मञ्जरी’ नामक पुस्तकको आवरण पृष्ठमा “नेपाली भाषामा...