सङ्गीत बन्यो अम्मल
दीपक विहीन
“कलाकारको जात धर्म हुँदैन रे, त्यसैले थर काटेँ” भन्छन् सुरेशकुमार । हुन त
उनलाई नामसँग पनि मोह छैन । भन्छन्, “के गर्ने सबभन्दा पहिला नामै खोज्दा
रहेछन् ।”
उनी आफैँ गीत लेख्ने, सङ्गीत भर्ने र गाउने गर्छन् । त्यसैले उनको दुनियाँ
उनमै सीमित छ भन्ठान्छन् रे मान्छेहरू ! तर होइन । “अरूलाई आफ्नो कम्पोज
दिएको छु र अरूको कम्पोजमा पनि गाएको छु” सुरेश भन्छन् ।
चित्र कोर्ने र तस्बिर खिच्ने सौख थियो सानैदखि उनलाई । तर, नियतिले गर्दा
गायक पो भइयो भन्छन् उनी । “मन परेकी मायालुको लागि गीत लेखेर कम्पोज गरी
गाउँदा पहिलो गीत नै लोकप्रिय भएपछि, गायक बन्न करै लाग्यो”, उनी भन्छन् ।
औपचारिक रूपमा गुरु थापेनन्, उनले सङ्गीत सिक्न । भन्छन्, “लहैलहैमा थोरै
सिकेँ, प्रयोग गर्दागर्दै केही जानेँ र अझ्ै नयाँको खोजीमा छु ।” पाश्चात्य
शैलीका गीत सङ्गीतमा गहिरो रुचि राख्ने उनी त्यसमा भावना, प्रेम खोज्न
रुचाउँछन् । उनको अनुभवमा आफ्नोपन दिनैपर्छ, नक्कल गरेर नेपाली सङ्गीतको
विकास सम्भव छैन । भन्छन्, “¥याप गीतहरूका शब्द अधिकांश छाडा हुन्छ, त्यसको
नक्कल युवाहरूले गर्नुहुँदैन ।” उनको विचारमा शैली अनुसरण गरे पनि शब्द
अनुकरण गर्नु ठीक हुँदैन ।
सफलता यात्रा मात्र हो, लक्ष्य हैन, बाचुञ्जेल सफलता सधैँ रहन्न ।
यात्रा मात्र साथ रहन्छ । त्यसैले उनको धारणामा कलाकारितामा एउटाले एकपल्ट
सफलता पाइयो भनेर समग्र कलाकारिताको मूल्याङ्कन गर्न मिल्दैन ।
विश्व बजारमा नेपाली सङ्गीतको दरिलो उपस्थिति जनाउन सकिने प्रसस्त सम्भावना
देख्छन्, उनी । तर, मार्केटिङको कमजोरीले त्यसो हुन नसकेको बताउँदै
भन्छन्, “भुटान, सिक्किम, पश्चिम बङ्गाल, हङकङमा नेपाली अल्बम नपाएर
डुप्लिकेट बिक्री हुन्छ ।”
दार्जीलिङबाट काठमाडौँ छिरेको पनि दुई दशक बितिसक्यो सुरेशको । भन्छन्,
“मेरो घर नै नेपाल हो । सम्पूर्ण जीवन नेपाली माटोमा सुम्पन चाहन्छु ।”
उनको विचारमा नेपाली कला, साहित्य, सङ्गीतको उन्नति जहाँ बसेर जसले गरे पनि
त्यो नेपाल र नेपालीकै लागि हो । नेपालको र बाहिरको भनेर छुट्याउनु
सङ्कीर्णता हो कि भन्ने विचार छ उनको । भन्छन्, “नेपाली मूलको मान्छेले
नेपाली हुँ भनेर गौरव गर्दा नेपाल र नेपालीकै निम्ति काम गर्दा तैँले
हुन्न, तँ होइनस् भनेर छुट्याउनु अलि अनौठो होइन र ?”
गीत चाहे पप, ¥याप, लोक, आधुनिक जे होस् भावना बाँधिनुपर्ने तर्क राख्छन् सुरेश । शब्दमा गहिरो भाव भएमा स्तरीय सङ्गीत सिर्जना हुनसक्ने अनुभव पनि छ उनको । लोक, आधुनिक र पपमा उत्तिकै दख्खल राख्ने सुरेशले लभ सङदेखि जिन्दगी, मिस यू, बन्धन, सङ्गीत, एकान्तमा र माया मोह सहित सात अल्बम निस्किसकेको छ उनको । र, पप शैलीको ‘पाप लाग्ला’ साथै लोक गीत ‘भन्दिन म त’ निकाल्ने तयारीमा छन् ।
सङ्गीतबाट सन्तुष्ट छु तर आफ्नै लागि मात्रै बाँचेको छु कि जस्तो लाग्छ भन्छन् उनी । लोकप्रियता नाप्नेभन्दा पनि काममा विश्वास गर्ने बानी हरेक सर्जकले गर्नुपर्ने धारणा राख्दै उनी भन्छन्, “अङ्ग गणीतीय हिसाब–किताबमा विश्वास गर्दिनँ ।” दुःख वेदनामा उनको साथी बन्छ गिटार । र, त भन्छन्, “एक्लोपनको साथी हो सङ्गीत, हृदयको औषधि पनि हो । मेरो लागि त अम्मल भइसक्यो ।” अम्मल भइसकेको सङ्गीतबाट अलग रहन सम्भव छ भनेर सोध्दा उल्टै सोध्छन्, “असम्भव ! के तपाईँ भात नखाई बाच्न सक्नुहुन्छ ?
दीपक विहीन
जोशिला कलाकारहरू
नेपालका चार जना मूर्धन्य कलाकारहरू टेकवीर मुखिया, दिलबहादुर श्रेष्ठ,
शशी शाह र शङ्करनाथ रिमालका नयाँ पुराना १० दर्जन चित्रकला प्रदर्शनी १
असारसम्म नेपाल आर्ट काउन्सिलमा प्रदर्शित भएको । चारै कलाकारहरूको एउटै
स्वर छ, “उमेर ढल्कँदैमा कहाँ मर्दोरहेछ र जोश, जाँगर !”
शोखले मात्र सफलता हात पार्न सकिन्न, कलामा डुब, मोती लिएर उत्र भन्ने मौन
सन्देश पनि हो ‘श्रद्धाञ्जलि’ शीर्षकको उनीहरूको यो प्रदर्शनी ।
पेशाले इञ्जिनियर भए पनि सुन्दर चित्र कोर्न खप्पिस छन् शङ्करनाथ
रिमाल । तेलीय र जल रंग माध्यम प्रयोगमा रुचि राख्ने रिमालले आफ्नो २१ थान
कलाकृति प्रदर्शनीमा राखेका छन् । भन्छन्, “सौखले लागियो धेरै काम गर्न
सकिएको छैन ।”
टेकवीर मुखियाले प्रदर्शित कलामा प्रकृति र जनजीवनलाई मुख्य रूपमा आफ्नो
अभिव्यक्तिको माध्यम बनाएका छन् । २४ वटा कलाकृति राखिएका छन् उनका,
प्रदर्शनका लागि ।
उनीहरूका विचारमा उमेर ढल्किँदैमा ठूलो हुँदैन, काम ठूलो हुन्छ । त्यसैले
उनीहरू आफूलाई अद्यापि नयाँ नै ठान्छन्, र आफूलाई जोशिला । चारै जनाको एकै
स्वर छ– “उमेर घर्कँदैमा कहाँ मर्दोरहेछ जोश र जाँगर ?”
दीपक
गीत चाहे पप, ¥याप, लोक, आधुनिक जे होस् भावना बाँधिनुपर्ने तर्क राख्छन् सुरेश । शब्दमा गहिरो भाव भएमा स्तरीय सङ्गीत सिर्जना हुनसक्ने अनुभव पनि छ उनको । लोक, आधुनिक र पपमा उत्तिकै दख्खल राख्ने सुरेशले लभ सङदेखि जिन्दगी, मिस यू, बन्धन, सङ्गीत, एकान्तमा र माया मोह सहित सात अल्बम निस्किसकेको छ उनको । र, पप शैलीको ‘पाप लाग्ला’ साथै लोक गीत ‘भन्दिन म त’ निकाल्ने तयारीमा छन् ।
सङ्गीतबाट सन्तुष्ट छु तर आफ्नै लागि मात्रै बाँचेको छु कि जस्तो लाग्छ भन्छन् उनी । लोकप्रियता नाप्नेभन्दा पनि काममा विश्वास गर्ने बानी हरेक सर्जकले गर्नुपर्ने धारणा राख्दै उनी भन्छन्, “अङ्ग गणीतीय हिसाब–किताबमा विश्वास गर्दिनँ ।” दुःख वेदनामा उनको साथी बन्छ गिटार । र, त भन्छन्, “एक्लोपनको साथी हो सङ्गीत, हृदयको औषधि पनि हो । मेरो लागि त अम्मल भइसक्यो ।” अम्मल भइसकेको सङ्गीतबाट अलग रहन सम्भव छ भनेर सोध्दा उल्टै सोध्छन्, “असम्भव ! के तपाईँ भात नखाई बाच्न सक्नुहुन्छ ?
दीपक विहीन
जोशिला कलाकारहरू
तस्बिरहरूः किरण पाण्डे
बायाँ शशी शाह, माथि टेकवीर मुखिया, तल बायाँ शङ्करनाथ रिमाल र दिलबहादुर चित्रकारको कृति ।
विषय छनोट र भाव प्रस्तुतिले प्रस्टै छुट्याएको छ, कुन कृति कसको हो
भनेर । शायद त्यसैलाई भन्छन् शैलीमा मौलिकता । आफ्नो अभिव्यक्तिको माध्यम
घोडालाई बनाएका शशी शाह भन्छन्, “कला भनेको न जित हो न हार तर पनि कठोर
सङ्घर्ष । विशिष्ट शैली, सोचाइ आवश्यक पर्छ कलामा ।” करीब एक दशकदेखि
घोडालाई बिम्बको रूपमा लिन थालेका शाह आफ्ना चित्र देखाउँदै भन्छन्, “ऊ
त्यो घोडा हेर्नुस् त मास्क लगाएर बहुलाएको, जसले विश्वको शान्तिमा खलल
पु¥याएका छ । तिनलाई तपाईंले अमेरिका र इराकको रूपमा लिन सक्नुहुन्छ ।”
उनका ३७ वटा कृति थिए प्रदर्शनीमा ।
कलाप्रेमी राजा स्व. वीरेन्द्र, कलाकार स्व. अधिराजकुमारी श्रुति र
काउन्सिलका पूर्व महासचिव स्व. लैनसिंह वाङ्देल प्रति समर्पित
‘श्रद्धाञ्जलि’ संयुक्त प्रदर्शनी स्व. वाङ्देलकै इच्छा मुताविक भएको
दिलबहादुर बताउँछन् । उनले दुई दशक पुराना कलाकृति प्रदर्शनीमा राखेका
छन् ।
संस्कृति, जनजीवन, पोट्रेटमा विशेष दख्खल राख्छन् उनी । प्रदर्शित ३८ वटा
चित्रकलामा पनि सोही विषय छनोट परेका छन् उनका । तेलीय र पेष्टल माध्यम
प्रयोग गर्न रुचाउने दिलबहादुर भन्छन्, “जुन माध्यम प्रयोग गरे पनि
प्रस्तुति नयाँ हुनुपर्छ ।”
Comments
Post a Comment