दुम्जाका माने छ्याेर्तेन संरक्षण गराैँः दीपक विहीन
तत्कालिन कुशेश्वर दुम्जा गाउँविकास समिति हालकाे संरचनाअनुसार, सुनकाेशी गाउँपालिकाकाे वडा नम्बर १ र २ मा विभाजन गरिएकाे छ । जनसंख्याकाे हिसावले हेर्ने हाे भने मगर, तामाङ, दलित, बाहुन, क्षेत्री, नेवार, भुजेल, हायू, सुनुवार क्रमशः रहेका छन् । यि जातिका अाफ्नै भाषा, धर्म र संस्कृति छन् । अाफ्नै भेषभूषा छन् । अाफ्नै जीवनशैली, जनजीवन र प्रचलन छन् ।
![]() |
| तस्वीरः इन्द्रजीत माेक्तान |
यी सबै जातजाति, धर्म, संस्कृति र भाैगाेलिक फरकपनाकाे एकता नै खासमा दुम्जा विकासकाे अाधार हाे । किनकी स्राेत र साधनकाे समानुपातिक वितरण छैन । यसकाे समानुपातिक वितरणका लागि हाम्रा भाैगाेलिक, धार्मिक, सांस्कृतिक र जातीय विविधताबीच एकता हुनै पर्छ ।
दुम्जामा पुराना स्तुपा अर्थात छ्याेर्तेनहरू छन् । जसलाइ माने भनिएकाे पनि पाइन्छ । दुम्जाडाँडाकै कुरा गर्ने हाे भने पनि माने भन्ने स्थान नै छ । खासमा दुम्जामा बस्तीकाे हिसावले तामाङ बाहुल्य रहेकाे मालङ्गामा पुरानाे माने रहेका छन् । जसकाे खाेजिविन अावश्यक छ ।
मैले प्राप्त गरेकाे जानकारी
अनुसार सिन्धुपाल्चाेककाे लिसङ्खुबाट गएका याेञ्जनहरु सबैभन्दा पहिला
मालङ्गामा बसाेबास गरेका थिए । जेठापाकाहरुका अनुसार
त्यहाँ जाने गुगुल याेञ्जन थए । याे समय करिव डेढ शताब्दीअघिकाे हुनसक्छ ।
तिनै याेञ्जनले मालङ्गामा नाै वटा छ्याेर्तेन बनाएका हुन् । जसलाइ जाेर
माने पनि भनिन्छ । त्याेभन्दा अघि पारीजात भन्ने महिलाले एक्ले माने
बनाएकाे भन्ने जानकारी पाइयाे । जुन कुरा सुनकाेशी गाउँपालिका वडा नम्बर २ का वडा सदस्य सुब्बा लामाले पनि भन्नुभएकाे छ ।
याे कुरा उहाँलाइ सायद अलि बढी जानकारी छ ।
![]() |
| तस्वीरः इन्द्रजीत माेक्तान |
कुशेश्वर दुम्जा गाविस (हालः
सुनकाेशी गाउँपालिका वडा नम्बर १ र २) का पूर्व उपाध्यक्ष बजिरमान घिसिङका
अनुसार तिनै पारीजात भन्ने महिलाले भन्ज्याङ्गबाट हायुगाउँतिर उकालाे
लाग्दा पानीकाे इन्टेक नजिकैतिर भाेन्गाेडाँडामा पनि स्तुपा बनाउनुभएकाे
थियाे । पछि मालङ्गाका एक्ले मानेका नेमा लामाले अामाकाे सद्गतपछि साेही
नजिकै नयाँ छ्याेर्तेन बनाउनुभएकाे थियाे । लिसखुबाट मालङ्गामा पनि
सबैभन्दा पहिला पुग्ने याेञ्जनहरु भनेका अारुखाेलाका धनबहादुर याेञ्जनका
जिजुबाजेहरु हुन । हाल मालङ्गाका याेञ्जनहरुकाे पुर्खा पनि तिनै लिसखुबाट
गएका याेञ्जनहरु हुन । मालङ्गामा मनु लामा (माेक्तान) का पुर्खा गिम्दीबाट
शिखरपुर त्यसपछि खानीगाउँहुँदै मालङ्गा पुगेका हुन । मालङ्गाका घिसिङहरूचाहिँ कुटुम्बका रूपमा छाेरीचेली दिएर याेञ्जनहरूले नै लगेर रेखाेपाखाे दिएर राखेकाे पूर्व उपाध्यक्ष बजिरमान घिसिङ बताउनुहुन्छ ।
मालङ्गामा रहेकाे स्तुपा बेवारिसे अवस्थामा छ । साेकाे संरक्षणका लागि मैले पटकपटक गाउँ परिषदमा समेत अावाज उठाएकाे हुँ । स्थानीय नेता दुधराज पुलामी मगरले फेसबुकमा लेख्नुभएकाे छ, हामीले
र मेरो व्यक्तिगत तवरले त्यसलाई संरक्षण गर्नुपर्छ भनेर गएको अघिल्लो वर्ष
केही वजेटसम्म बिनियोजित गरेको थिएँ । त्यसकाे सदुपयोग गर्ने तर्फ ध्यान कसैको गएन
। समाजका बुझकहरु नै उल्टो अर्थ लागाउदै हिड्छन र बोल्छन्र भने गर्नु के नै छ
र ? अनि नेपालको हरेक सम्पदाहरु कोहि न कोहिको पहल र नाममा बनाएको हो
भन्ने हेक्का राखे हुन्थ्यो ।
![]() |
| तस्वीरः इन्द्रजीत माेक्तान |
नाैँवटा स्तुपा
अर्थात माने छ्याेर्तेनमा रहेकाे महत्वपूर्ण मूर्तिहरु हराइसकेका छन् ।
त्यहाँ रहेका लेखाेटहरु हराएका छन् । त्यहाँ तिब्बतका तीन धार्मिक स्थल र
भारतका ती प्रख्यात बाैद्ध स्थल तथा नेपालका बाैद्ध स्वयम्भू अनि नमाेबुद्ध
गरी जम्मा नाैँ बाैद्ध धार्मिक स्थलकाे प्रतिमा स्वरुप नाैँ वटा स्तुपा
मालङ्गामा राखिएकाे बुढापाकाहरु बताउँछन । त्यहाँ रहेकाे महत्वपूर्ण
पञ्चबुद्धकाे मूर्ति हराइसकेकाे छ । साे मूर्तिलाइ चाेरेर डाँगी पुर्याइ
राखिएपछि साे लैजानेहरुलाइ पिर्न थालेपछी पुन मालङ्गा नै फर्काइएकाे
बताइन्छ । पछि त्याे मूर्ति चाेरी भयाे । काठमाडाैँमा मूर्ती चाेरी
गर्नेहरु पक्राउ परे पनि मूर्ती बुझ्ने मान्छेकाे अभावमा त्याे मूर्ती
अलपत्र परेकाे पूर्व उपाध्यक्ष बजिरमान घिसिङ बताउनुहुन्छ । त्यसैले याे
बिषयमा गहन खाेज अनुसन्धान अावश्यक छ । हाम्रा यी सम्पदा कुनै ब्यक्तिकाे
मात्र पनि हाेइन । याे त राष्ट्रकाे हाे । राष्ट्र भनेकाे काे भन्ने कुरा
अाउला । तपाइ हामी हाै । हामीले बाेकेकाे सस्कृति हाे । हाम्राे भाषाा हाे
। यसकाे सरक्षण गराैँ । जय सस्कृति । जय दुम्जा ।



Comments
Post a Comment