सेताे पाटीकाे अध्याराे यात्रा
०००००००००००
पूर्वी नेपालबाट काठमाडाैँ खाल्डाेमा अाउने प्रमुख मार्ग थियाे, बनेपा । राजधानीबाट निजकैकाे बनेपा पुरानाे शहर हाे । बनेपाकाे नजिकै पनाैति, धुलिखेलजस्ता पुराना नेवार वस्ती र शहर छन् । खड्पू, नाला, सुब्बागाउँजस्ता पुराना नेवार वस्ती पनि छन् ।
तीब्र शहरीकरणसँगै पुरातात्विक महत्वका नेवारी वस्तीले पनि काँजुली फेर्दैछ । सँगसँगै नेवार वस्ती वरपर रहेका थुप्रै पाटीपाैवा, ढुङ्गेधारा यतिबेला सङ्कटमा रहेका छन् । चेपुवामा परेका छ्न् । स्थानीय तहमा राजनीतिक नेतृत्व अाएपछि र अधिकार सम्पन्न स्थानीय सरकार गठन भएपछि यस्ता पुरातात्विक महत्वका सम्पदाकाे संरक्षण हाेला भन्ने अपेक्षा थियाे । यद्यपि, ती अपेक्षाले साकार रूप प्राप्त गर्न सकेकाे छैन ।
उदाहरणकाे रूपमा लिन सकिन्छ, बनेपा नगरपालिका वडा नम्बर १० पुलबजारमा रहेकाे याे शताब्दी पुरानाे सेताे पाटी अनि त्यससँगै रहेकाे ढुङ्गे धारा । बनेपाका दाजुभाइ कृष्णभक्त वादे र हरिभक्त वादेले अाफ्नै जग्गामा १०५ वर्षअघि बनाइदिएकाे याे दुइ तले पाटी जीर्ण अवस्थामा रहेकाे छ । अाधुनिक मुण्डा शैलीकाे याे पाटीर्काे अघिल्ला दुइ सुरमा महिलाकाे अाकर्षक अाकृति राखिएकाे छ । पुतलीजस्ताे उभिएकाे महिला अाकृति भएकाले याे पाटीलाइ पुतली पाटी पनि भन्ने गरेकाे पाइन्छ । बुर्जा शैलीकाे यस्ताे पाटी कमै देख्न पाइन्छ ।
स्व.कृष्णभक्त वादेकी छाेरी माया वादेका अनुसार, पूर्बबाट अाउने बटुवाका लागि वास बस्न सजिलाे हाेस् भनेर बुबा र काकाले अाफ्नै जग्गामा पाटी बनाइदिएका हुन् । अामा रत्नमाया वादेकाे भनाइ उदृत गर्दै माया वादेले भन्नुभयाे, पाटीसँग रहेकाे ढुङ्गेधारा पनि कृष्णभक्त र हरिभक्तले नै बनाइदिएका हुन् । यद्यपि, ढुङ्गेधारामा स्थापनाबारे लेखिएकाे अक्षर मेटिइसकेकाे छ । पाटी कहिले स्थापना भएकाे भन्नेबारे परिवारका सदस्यले पनि जानकारी गराउन सक्नुभएन । तर, उहाँहरूकाे माग थियाे, पाटी र धारालाइ पुरातत्व विभाग या नगरपालिकाले संरक्षण गरिदिवस् ।
पाटी नजिकै रहेकाे ढुङ्गेधाराकाे पानी निकै माथिकाे जनगाल जङ्गलबाट ल्याइएकाे बताइन्छ । धारामा पनि कलात्मक अाकृति रहेका छन् । धाराकाे दुवैतिर नागकन्याकाे मूर्ति रहेकाे छ । याे धाराकाे पानी अहिले पनि लाइन लागेर भर्न अाउनेहरूकाे कमी छैन । याे धाराकाे संरक्षण गरी व्यवस्थित गर्न सके थाेरै भए पनि पानी समस्या समाधान गर्न सकिने सम्भावना रहेकाे छ । तस्वीर सबैः दीपक श्रेष्ठ
०००००००००००
पूर्वी नेपालबाट काठमाडाैँ खाल्डाेमा अाउने प्रमुख मार्ग थियाे, बनेपा । राजधानीबाट निजकैकाे बनेपा पुरानाे शहर हाे । बनेपाकाे नजिकै पनाैति, धुलिखेलजस्ता पुराना नेवार वस्ती र शहर छन् । खड्पू, नाला, सुब्बागाउँजस्ता पुराना नेवार वस्ती पनि छन् ।

उदाहरणकाे रूपमा लिन सकिन्छ, बनेपा नगरपालिका वडा नम्बर १० पुलबजारमा रहेकाे याे शताब्दी पुरानाे सेताे पाटी अनि त्यससँगै रहेकाे ढुङ्गे धारा । बनेपाका दाजुभाइ कृष्णभक्त वादे र हरिभक्त वादेले अाफ्नै जग्गामा १०५ वर्षअघि बनाइदिएकाे याे दुइ तले पाटी जीर्ण अवस्थामा रहेकाे छ । अाधुनिक मुण्डा शैलीकाे याे पाटीर्काे अघिल्ला दुइ सुरमा महिलाकाे अाकर्षक अाकृति राखिएकाे छ । पुतलीजस्ताे उभिएकाे महिला अाकृति भएकाले याे पाटीलाइ पुतली पाटी पनि भन्ने गरेकाे पाइन्छ । बुर्जा शैलीकाे यस्ताे पाटी कमै देख्न पाइन्छ ।

पाटी नजिकै रहेकाे ढुङ्गेधाराकाे पानी निकै माथिकाे जनगाल जङ्गलबाट ल्याइएकाे बताइन्छ । धारामा पनि कलात्मक अाकृति रहेका छन् । धाराकाे दुवैतिर नागकन्याकाे मूर्ति रहेकाे छ । याे धाराकाे पानी अहिले पनि लाइन लागेर भर्न अाउनेहरूकाे कमी छैन । याे धाराकाे संरक्षण गरी व्यवस्थित गर्न सके थाेरै भए पनि पानी समस्या समाधान गर्न सकिने सम्भावना रहेकाे छ । तस्वीर सबैः दीपक श्रेष्ठ

Comments
Post a Comment