कलाकार शान्तकाे निधन

५६ वर्षकाे उमेरमा बरिष्ठ कलाकार शान्त राइकाे हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा बुधबार राति निधन भएकाे छ । तीन महिनादेखि पाचननलीकाे क्यान्सरकाे 

उपचार गराइरहनुभएका राइकाे राति ९ः३० बजे निधन भएकाे हाे । पेटकाे समस्याका कारण अस्पताल पुग्नुभएका राइकाे भारतमा लगेर समेत उपचार गरिएकाे थियाे । 
भै‌सेपाटी नयाँबजारस्थित घरमा परम्परागत विधिअनुसारकाे अन्तिम कर्मपछि नेपाल प्रज्ञा प्रतिष्ठान नक्शालमा अन्तिम श्रद्धान्जलिका लागि राखिने प्राज्ञ तथा मूर्तिकला विभाग प्रमुख धनु याक्खाले जानकारी दिनुभयाे ।
कलाकार नरेश सैँजुका अनुसार, स्व‍० राइकाे शवलाइ नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धान्जलिका लागि २ः३० बजेतिर पुर्याइने छ । त्यसपछि पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने छ ।
इलामकाे जाेगमाइ खाेलागाउँमा जन्मनुभएका राइले नेपाली ललितकलाकाे स‌स्थागत विकास प्रवर्धनमा महत्वपूर्ण याेगदान पुर्याउनुभएकाे छ । नेपाल
ललितकला मञ्चकाे स‌स्थापक अध्यक्ष, नेपाल वाटर कलर साेसाइटीकाे स‌स्थापकका रुपमा कलाकार राइले नेपाली कला विकासमा याेगदान पुर्याउनुभएकाे छ । यस्तै, राइ किराँत ललितकला समाजकाे अध्यक्ष समेत हुनुहुन्थ्याे । माेर्डन अार्ट साेसाइटी, नेपाल अार्ट काउन्सिललगायत स‌स्थामा समेत सक्रिय हुनुहुन्थ्याे । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकाे प्राज्ञ तथा चित्रकला विभाग प्रमुखकाे रुपमा नेपाली ललितकलाकाे विकासमा याेगदान पुर्याउनुभएका राइ ह‌सिलाे, मिजासिलाे हुनुहुन्थ्याे ।
कृषि विकास बै‌कबाट केही समय अगाडि अवकाश हुनुभएका राइ चित्रकलाकाे अलवा सङ्गीतमा पनि शाैख राख्नुहुन्थ्याे । ललितकलामा स्नातक राइले एक्रेलिक, वयल, वाटर कलरमा काम गर्नुहुन्थ्याे ।
उहाँका श्रीमती र एक छाेरा हुनुहुन्छ ।

Comments

Popular Posts

दुम्जाका माने छ्याेर्तेन संरक्षण गराैँः दीपक विहीन

माले पाटीको फेरियो रुप