Posts

Featured Post

दुम्जामा राेपाइँ जात्रा सम्पन्न

Image
 सिन्धुली जिल्लाकाे सुनकाेशी गाउँपालिका १ काे सिमलचाैर नेवारकाे पुरानाे वस्तीका रुपमा लिइन्छ । शताब्दीअघिकाे समयमा दुम्जाकाे नेपालथाेकदेखि कुशेश्वर महादेव मन्दिरसम्म ब्यापार चल्दथ्याे । साे बजारमा दुम्जामा बुनिएकाे खाँडीकाे चर्चा धेर हुन्थ्याे । ठाेसेकाे फलाम, ठिमीका भाँडालगायत ठूलाे बजार लाग्ने गर्दथ्याे । भक्तपुर, बनेपा, धुलिखेल, पाटनजस्ता ठाउँबाट पसल थाप्नका लागि ब्यापारी पुग्दथे । मङ्गसिरमा फाँटमा धान काटिएपछि खाली खेतमा स्याला मान्द्राले बारेर बजार राखिन्थे । दुम्जाकाे बजारका नामले परिचित यी पसल चैत बैशाखसम्म थापिने गरिएकाे बुढापाकाहरु बताउँछन् ।  प्रसङ्ग नेवार समुदाय र जात्रा पर्वकाे हाे । ब्यापारका सिलसिलामा दुम्जा पुगेका भक्तपुरका नेवार समुदायनै स्थायी रुपमा सिमलचाैरमा बसाेबास थालेका थिए । उनीहरुले जात्राकाे प्रचलन दुम्जामा चलाएका थिए । श्री ५ पृथ्वी विरविक्रम शाहका बुबुधाइ जनककुमारी काेइरालाले दुम्जाकाे सिमलचाैरमा दरबार बनाइ बिर्ता लिए । धाइआमा जनककुमारीले समेत सिमलचाैरका नेवार समुदायकाे जात्रा पर्वलाइ व्यवस्थित बनाउन सहयाेग गरेकाे पाइन्छ । उनले रातिकाे समयमा जात्रा प...

माले पाटीको फेरियो रुप

Image
    तस्वीरः मनाेज श्रेष्ठ/मूल्काेट सिन्धुली जिल्लाको सुनकोशी गढतिरमा पुरातात्विक तथा ऐतिहासिक महत्वका दर्जनौँ पाटी, पौवा, धर्मशाला र सत्तल रहेका छन् । संरक्षणका अभावका कतिपयको अस्तित्वसमेत लोप भइसकेको अवस्था छ । तथापि, केही सम्पदाको संरक्षणको प्रयास भएको छ । यस्तै भग्नावशेषका रुपमा रहेको शताब्दी पुरानो पाटीको संरक्षण गरिएको छ । पुरातत्व विभागको पहलमा यो संरक्षण भएको हो । सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर ५ चैनपुरस्थित पाटी विव्रmम सम्वत् १८५० तिर सरदार अरिमर्दन थापाले बनाउन लगाएका हुन् । दुई तले यो पाटी कालीगढीयुक्त समेत रहेको छ । यो माले पाटीका रुपमा चर्चित रहेको छ । किंवदन्तीअनुसार अन्य यस्तै पाटी फेरि बनाउन नसकोस् भनेर यो पाटी बनाउने कालीगढीको हात काटिएको थियो । मगर भाषामा ‘छैन’ भन्नका लागि ‘माले’ भन्ने शब्द प्रयोग गरिन्छ । यो क्षेत्रमा मगर समुदायको समेत बसोबास रहेकाले यस पाटीलाई मगर समुदायले मालेपाटी भन्न थालेको भनाई पाइन्छ ।  यो पाटीको पुरानो अवस्था तोरण, थामहरु, आँखीझ्यालहरु, ढोकाहरु, टुँडालहरु, तेलीया इँटा, साधारण इँटा, काठ, माटो, ढुङ्गाबाट बनाइएको २५ फि...

गाइजात्रे प्रस्तुतिः पुस्तासँगै फेरिए प्लेटफर्म

Image
टाढा टाढा एउटा गाउँमा बाजे बराजु मरेकै ठाउँमा म पनि अचानक अस्ति खसेको छु त्यसैले आफू आफ्नै किरिया बसेको छु । विसङ्गतिमाथिको व्यङ्ग्य कति निर्मम हुन्छ भन्ने त माथिका यिनै हरफ नै काफी छन् । गोकर्णको भिरबाट हामफाल्ने बेलामा हास्यव्यङ्ग्यकार भैरव अर्यालले सुसाइड नोटमा यिनै कविता छाड्नुभएको थियो । एक जना सर्जकले मर्दामर्दै आफैँमाथि कति निर्मम ढङ्गले चित्रण, प्रहार र व्यङ्ग्य गर्न सक्छन् भन्ने यो एउटा उदाहरण हो । नेपाली समाजले आफ्ना दैनिकी र संस्कृतिमा हास्यव्यङ्ग्य विधालाई काफी समेटेको पाइन्छ । नेपाली साहित्यका विविध विधामा हास्यव्यङ्ग्यको प्रयोग प्रशस्तै पाइन्छ । साहित्यकारले कुनै न कुनै रूपमा हास्यव्यङ्ग्य विधालाई अपनाएको देखिन्छ । आदिकवि भानुभक्त आचार्यअघिका कवि शक्तिबल्लभले ‘हास्य कदम्ब’ लेखेपछि नेपाली भाषाको साहित्यमा व्यङ्ग्य प्रयोग सुरु भएको मानिन्छ । इतिहासकार ग्रीष्मबहादुर देवकोटाको ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’मा उल्लेख भए अनुसार बनारसबाट भारत जीवन प्रेसमा छापी सन् १८९५ मा प्रकाशित भएको मूल्य तीन आना पर्ने ‘गोर्खा हास्य मञ्जरी’ नामक पुस्तकको आवरण पृष्ठमा “नेपाली भाषामा...
Image
सेताे पाटीकाे अध्याराे यात्रा ००००००००००० पूर्वी नेपालबाट काठमाडाैँ खाल्डाेमा अाउने प्रमुख मार्ग थियाे, बनेपा । राजधानीबाट निजकैकाे बनेपा पुरानाे शहर हाे । बनेपाकाे नजिकै पनाैति, धुलिखेलजस्ता पुराना नेवार वस्ती र शहर छन् । खड्पू, नाला, सुब्बागाउँजस्ता पुराना नेवार वस्ती पनि छन् । तीब्र शहरीकरणसँगै पुरातात्विक महत्वका नेवारी वस्तीले पनि काँजुली फेर्दैछ । सँगसँगै नेवार वस्ती वरपर रहेका थुप्रै पाटीपाैवा, ढुङ्गेधारा यतिबेला सङ्कटमा रहेका छन् । चेपुवामा परेका छ्न् । स्थानीय तहमा राजनीतिक नेतृत्व अाएपछि र अधिकार सम्पन्न स्थानीय सरकार गठन भएपछि यस्ता पुरातात्विक महत्वका सम्पदाकाे संरक्षण हाेला भन्ने अपेक्षा थियाे । यद्यपि, ती अपेक्षाले साकार रूप प्राप्त गर्न सकेकाे छैन । उदाहरणकाे रूपमा लिन सकिन्छ, बनेपा नगरपालिका वडा नम्बर १० पुलबजारमा रहेकाे याे शताब्दी पुरानाे सेताे पाटी अनि त्यससँगै रहेकाे ढुङ्गे धारा । बनेपाका दाजुभाइ कृष्णभक्त वादे र हरिभक्त वादेले अाफ्नै जग्गामा १०५ वर्षअघि बनाइदिएकाे याे दुइ तले पाटी जीर्ण अवस्थामा रहेकाे छ । अाधुनिक मुण्डा शैलीकाे याे पाटीर्काे अघिल्ला दुइ सुर...

कलाकार शान्तकाे निधन

Image
५६ वर्षकाे उमेरमा बरिष्ठ कलाकार शान्त राइकाे हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा बुधबार राति निधन भएकाे छ । तीन महिनादेखि पाचननलीकाे क्यान्सरकाे  उपचार गराइरहनुभएका राइकाे राति ९ः३० बजे निधन भएकाे हाे । पेटकाे समस्याका कारण अस्पताल पुग्नुभएका राइकाे भारतमा लगेर समेत उपचार गरिएकाे थियाे ।  भै‌सेपाटी नयाँबजारस्थित घरमा परम्परागत विधिअनुसारकाे अन्तिम कर्मपछि नेपाल प्रज्ञा प्रतिष्ठान नक्शालमा अन्तिम श्रद्धान्जलिका लागि राखिने प्राज्ञ तथा मूर्तिकला विभाग प्रमुख धनु याक्खाले जा नकारी दिनुभयाे । कलाकार नरेश सैँजुका अनुसार, स्व‍० राइकाे शवलाइ नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धान्जलिका लागि २ः३० बजेतिर पुर्याइने छ । त्यसपछि पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने छ । इलामकाे जाेगमाइ खाेलागाउँमा जन्मनुभएका राइले नेपाली ललितकलाकाे स‌स्थागत विकास प्रवर्धनमा महत्वपूर्ण याेगदान पुर्याउनुभएकाे छ । नेपाल ललितकला मञ्चकाे स‌स्थापक अध्यक्ष, नेपाल वाटर कलर साेसाइटीकाे स‌स्थापकका रुपमा कलाकार राइले नेपाली कला विकासमा याेगदान पुर्याउनुभएकाे छ । यस्तै, राइ किराँत ललितकला सम...

दुम्जाका माने छ्याेर्तेन संरक्षण गराैँः दीपक विहीन

Image
तत्कालिन कुशेश्वर दुम्जा गाउँविकास समिति हालकाे संरचनाअनुसार, सुनकाेशी गाउँपालिकाकाे वडा नम्बर १ र २ मा विभाजन गरिएकाे छ । जनसंख्याकाे हिसावले हेर्ने हाे भने मगर, तामाङ, दलित, बाहुन, क्षेत्री, नेवार, भुजेल, हायू, सुनुवार क्रमशः रहेका छन् । यि जातिका अाफ्नै भाषा, धर्म र संस्कृति छन् । अाफ्नै भेषभूषा छन् । अाफ्नै जीवनशैली, जनजीवन र प्रचलन छन् । तस्वीरः इन्द्रजीत माेक्तान यी सबै जातजाति, धर्म, संस्कृति र भाैगाेलिक फरकपनाकाे एकता नै खासमा दुम्जा विकासकाे अाधार हाे । किनकी स्राेत र साधनकाे समानुपातिक वितरण छैन । यसकाे समानुपातिक वितरणका लागि हाम्रा भाैगाेलिक, धार्मिक, सांस्कृतिक र जातीय विविधताबीच एकता हुनै पर्छ ।  दुम्जामा पुराना स्तुपा अर्थात छ्याेर्तेनहरू छन् । जसलाइ माने भनिएकाे पनि पाइन्छ । दुम्जाडाँडाकै कुरा गर्ने हाे भने पनि माने भन्ने स्थान नै छ । खासमा दुम्जामा बस्तीकाे हिसावले तामाङ बाहुल्य रहेकाे मालङ्गामा पुरानाे माने रहेका छन् । जसकाे खाेजिविन अावश्यक छ ।  मैले प्राप्त गरेकाे जानकारी अनुसार सिन्धुपाल्चाेककाे लिसङ्खुबाट गएका याेञ्जनहरु सबैभन्दा पहिला म...

चार दिने नागरिकता शिविर सम्पन्न

Image
काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आयोजनामा सुनकोशी गाउँपालिकामा सन्चालित चार दिने नागरिकता बितरण सम्बन्धी घुम्ति शिविर सम्पन्न भएकाे छ । साे शिविरबाट पाँच सय ७२ जनाले नागरिकता प्राप्त गरेका छन् । दुइ दिनकाे लागि भनेर अायाेजना गरिएकाे शिविरमा जनताकाे चाप बढेपछि दुइ दिन थप गरिएकाे थियाे ।