दुम्जामा राेपाइँ जात्रा सम्पन्न
सिन्धुली जिल्लाकाे सुनकाेशी गाउँपालिका १ काे सिमलचाैर नेवारकाे पुरानाे वस्तीका रुपमा लिइन्छ । शताब्दीअघिकाे समयमा दुम्जाकाे नेपालथाेकदेखि कुशेश्वर महादेव मन्दिरसम्म ब्यापार चल्दथ्याे । साे बजारमा दुम्जामा बुनिएकाे खाँडीकाे चर्चा धेर हुन्थ्याे । ठाेसेकाे फलाम, ठिमीका भाँडालगायत ठूलाे बजार लाग्ने गर्दथ्याे । भक्तपुर, बनेपा, धुलिखेल, पाटनजस्ता ठाउँबाट पसल थाप्नका लागि ब्यापारी पुग्दथे । मङ्गसिरमा फाँटमा धान काटिएपछि खाली खेतमा स्याला मान्द्राले बारेर बजार राखिन्थे । दुम्जाकाे बजारका नामले परिचित यी पसल चैत बैशाखसम्म थापिने गरिएकाे बुढापाकाहरु बताउँछन् । प्रसङ्ग नेवार समुदाय र जात्रा पर्वकाे हाे । ब्यापारका सिलसिलामा दुम्जा पुगेका भक्तपुरका नेवार समुदायनै स्थायी रुपमा सिमलचाैरमा बसाेबास थालेका थिए । उनीहरुले जात्राकाे प्रचलन दुम्जामा चलाएका थिए । श्री ५ पृथ्वी विरविक्रम शाहका बुबुधाइ जनककुमारी काेइरालाले दुम्जाकाे सिमलचाैरमा दरबार बनाइ बिर्ता लिए । धाइआमा जनककुमारीले समेत सिमलचाैरका नेवार समुदायकाे जात्रा पर्वलाइ व्यवस्थित बनाउन सहयाेग गरेकाे पाइन्छ । उनले रातिकाे समयमा जात्रा प...