Posts

Showing posts from September, 2017

कलाकार शान्तकाे निधन

Image
५६ वर्षकाे उमेरमा बरिष्ठ कलाकार शान्त राइकाे हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा बुधबार राति निधन भएकाे छ । तीन महिनादेखि पाचननलीकाे क्यान्सरकाे  उपचार गराइरहनुभएका राइकाे राति ९ः३० बजे निधन भएकाे हाे । पेटकाे समस्याका कारण अस्पताल पुग्नुभएका राइकाे भारतमा लगेर समेत उपचार गरिएकाे थियाे ।  भै‌सेपाटी नयाँबजारस्थित घरमा परम्परागत विधिअनुसारकाे अन्तिम कर्मपछि नेपाल प्रज्ञा प्रतिष्ठान नक्शालमा अन्तिम श्रद्धान्जलिका लागि राखिने प्राज्ञ तथा मूर्तिकला विभाग प्रमुख धनु याक्खाले जा नकारी दिनुभयाे । कलाकार नरेश सैँजुका अनुसार, स्व‍० राइकाे शवलाइ नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धान्जलिका लागि २ः३० बजेतिर पुर्याइने छ । त्यसपछि पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने छ । इलामकाे जाेगमाइ खाेलागाउँमा जन्मनुभएका राइले नेपाली ललितकलाकाे स‌स्थागत विकास प्रवर्धनमा महत्वपूर्ण याेगदान पुर्याउनुभएकाे छ । नेपाल ललितकला मञ्चकाे स‌स्थापक अध्यक्ष, नेपाल वाटर कलर साेसाइटीकाे स‌स्थापकका रुपमा कलाकार राइले नेपाली कला विकासमा याेगदान पुर्याउनुभएकाे छ । यस्तै, राइ किराँत ललितकला सम...

दुम्जाका माने छ्याेर्तेन संरक्षण गराैँः दीपक विहीन

Image
तत्कालिन कुशेश्वर दुम्जा गाउँविकास समिति हालकाे संरचनाअनुसार, सुनकाेशी गाउँपालिकाकाे वडा नम्बर १ र २ मा विभाजन गरिएकाे छ । जनसंख्याकाे हिसावले हेर्ने हाे भने मगर, तामाङ, दलित, बाहुन, क्षेत्री, नेवार, भुजेल, हायू, सुनुवार क्रमशः रहेका छन् । यि जातिका अाफ्नै भाषा, धर्म र संस्कृति छन् । अाफ्नै भेषभूषा छन् । अाफ्नै जीवनशैली, जनजीवन र प्रचलन छन् । तस्वीरः इन्द्रजीत माेक्तान यी सबै जातजाति, धर्म, संस्कृति र भाैगाेलिक फरकपनाकाे एकता नै खासमा दुम्जा विकासकाे अाधार हाे । किनकी स्राेत र साधनकाे समानुपातिक वितरण छैन । यसकाे समानुपातिक वितरणका लागि हाम्रा भाैगाेलिक, धार्मिक, सांस्कृतिक र जातीय विविधताबीच एकता हुनै पर्छ ।  दुम्जामा पुराना स्तुपा अर्थात छ्याेर्तेनहरू छन् । जसलाइ माने भनिएकाे पनि पाइन्छ । दुम्जाडाँडाकै कुरा गर्ने हाे भने पनि माने भन्ने स्थान नै छ । खासमा दुम्जामा बस्तीकाे हिसावले तामाङ बाहुल्य रहेकाे मालङ्गामा पुरानाे माने रहेका छन् । जसकाे खाेजिविन अावश्यक छ ।  मैले प्राप्त गरेकाे जानकारी अनुसार सिन्धुपाल्चाेककाे लिसङ्खुबाट गएका याेञ्जनहरु सबैभन्दा पहिला म...