Posts

Showing posts from July, 2018
Image
सेताे पाटीकाे अध्याराे यात्रा ००००००००००० पूर्वी नेपालबाट काठमाडाैँ खाल्डाेमा अाउने प्रमुख मार्ग थियाे, बनेपा । राजधानीबाट निजकैकाे बनेपा पुरानाे शहर हाे । बनेपाकाे नजिकै पनाैति, धुलिखेलजस्ता पुराना नेवार वस्ती र शहर छन् । खड्पू, नाला, सुब्बागाउँजस्ता पुराना नेवार वस्ती पनि छन् । तीब्र शहरीकरणसँगै पुरातात्विक महत्वका नेवारी वस्तीले पनि काँजुली फेर्दैछ । सँगसँगै नेवार वस्ती वरपर रहेका थुप्रै पाटीपाैवा, ढुङ्गेधारा यतिबेला सङ्कटमा रहेका छन् । चेपुवामा परेका छ्न् । स्थानीय तहमा राजनीतिक नेतृत्व अाएपछि र अधिकार सम्पन्न स्थानीय सरकार गठन भएपछि यस्ता पुरातात्विक महत्वका सम्पदाकाे संरक्षण हाेला भन्ने अपेक्षा थियाे । यद्यपि, ती अपेक्षाले साकार रूप प्राप्त गर्न सकेकाे छैन । उदाहरणकाे रूपमा लिन सकिन्छ, बनेपा नगरपालिका वडा नम्बर १० पुलबजारमा रहेकाे याे शताब्दी पुरानाे सेताे पाटी अनि त्यससँगै रहेकाे ढुङ्गे धारा । बनेपाका दाजुभाइ कृष्णभक्त वादे र हरिभक्त वादेले अाफ्नै जग्गामा १०५ वर्षअघि बनाइदिएकाे याे दुइ तले पाटी जीर्ण अवस्थामा रहेकाे छ । अाधुनिक मुण्डा शैलीकाे याे पाटीर्काे अघिल्ला दुइ सुर...